रौतहटको बृन्दाबन-५ मा रास्वपाको वडा अधिवेशन सम्पन्न, ११ सदस्यीय समिति चयन


२४ पुष, रौतहट। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रौतहट क्षेत्र नं. ४ मा संगठन विस्तारलाई तीव्रता दिएकाे छ। पुषको चिसो मौसमका बीच पनि पार्टीको संगठन बिस्तारलाई सहज बनाइरहेको रास्वपा नेतृत्वले दाबी गरेको छ।

क्षेत्र नं. ४ का ३० मध्ये २२ वडामा संगठन निर्माण र संरचना सुदृढ गरिएको र यसलाई अझ गुणस्तरीय बनाउन चन्द्रपुर नगर समिति, जिल्ला समिति, क्षेत्रीय समिति तथा महाधिवेशन प्रतिनिधिहरू सक्रिय रूपमा खटिएका चन्द्रपुर नगर सचिव मकुन्द पौडेलले जानकारी दिए।

यही क्रममा बृन्दाबन नगरपालिका-५ नरकटिया-भवानिपुरमा आयोजित वडा अधिवेशन एक समारोहका बीच सम्पन्न भएको छ। अधिवेशनले रामबिलास साहको अध्यक्षतामा ११ सदस्यीय वडा समिति चयन गरेको छ। त्यस्तै, शकर पाडेको संयोजकत्वमा ६ सदस्यीय सल्लाहकार समिति, पवन कुमार साहको संयोजनमा ५ सदस्यीय RAT उप-समिति तथा चन्देश्वर बैठाको संयोजकत्वमा ५ सदस्यीय बूथ समिति गठन गरिएको छ।

अधिवेशनलाई सम्बोधन गर्दै जिल्ला कार्य समिति सदस्य अजय कुमार साहले आगामी निर्वाचनमा ‘घण्टी’ (रास्वपाको निर्वाचन चिन्ह) जनताको रोजाइ र भरोशाको प्रतीक बन्दै गएको दाबी गरे। त्यस्तै, रौतहट क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यका आकांक्षी गणेश पौडेलले जनता-केन्द्रित उत्साहले यस क्षेत्रबाट ‘घण्टी’को विजय सुनिश्चित देखिएको टिप्पणी गरे।

कार्यक्रमका क्रममा नव-निर्वाचित वडा समिति र सदस्यहरूलाई ‘घण्टी’ ब्याच लगाइ सम्मान गरिएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको