वडाध्यक्ष हत्या प्रकरणमा चार जना पक्राउ, एक प्रहरी सहायक हवल्दारसमेत संलग्न


जनकपुरधाम। धनुषाको मिथिला बिहारी नगरपालिका-९, अन्दुपट्टीमा वडाध्यक्ष विन्देश्वर यादवको हत्यामा संलग्न रहेको आरोपमा चार जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा ३५ वर्षीय शम्भुकुमार यादव, ३० वर्षीय धर्मनाथ यादव, २८ वर्षीय पप्पु यादव र २८ वर्षीय मनोजकुमार यादव रहेका छन्। धनुषाका प्रहरी प्रवक्ता डीएसपी गणेश बमका अनुसार पक्राउ परेका शम्भुकुमार जिल्ला प्रहरी कार्यालय सप्तरीमा कार्यरत प्रहरी सहायक हवल्दार हुन्।

गत कात्तिक २८ गते साँझ मृत्यु संस्कार कार्यक्रममा सहभागी भएका वडाध्यक्ष यादवमाथि विवाद मिलाउने क्रममा शम्भुकुमारले गोली प्रहार गरेको पीडित पक्षको दाबी छ। घटनामा संलग्न रही फरार रहेका उनीहरूलाई पछिल्ला दिनमा प्रहरीले पक्राउ गरेको हो।

धनुषा जिल्ला अदालतबाट म्याद थप गरी उनीहरूमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। अनुसन्धानका क्रममा वडाध्यक्षलाई गोली हान्न प्रयोग गरिएको कटुवा पेस्तोल र गोलीको खोका समेत बरामद गरिएको प्रहरीको भनाइ छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको