सिमरामा सूर्य नेपालका कर्मचारी बनेर व्यापारी ठग्ने तीन जना पक्राउ


बारा। बाराको सिमरास्थित सूर्य नेपाल प्रालिका कर्मचारी भएको नाटक गर्दै विभिन्न व्यापारीलाई ठगी गर्ने तीन जना पक्राउ परेका छन्।

पक्राउ पर्नेमा पर्सा जिल्ला वीरगन्ज महानगरपालिका–२४ का २८ वर्षीय राजु सर्राफ, वीरगन्ज-१९ का ४० वर्षीय रामराउत कुर्मी र वीरगन्ज-३२ टेढा घर भई हाल हेटौँडा उपमहानगरपालिका-१० टिसनरोडमा डेरा गरी बस्ने ४० वर्षीय नितेशकुमार केशरी रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले आफूलाई सूर्य नेपाल प्रालिका कर्मचारीका रूपमा परिचय दिँदै हेटौँडाका व्यवसायीहरूलाई अनलाइनमार्फत सामान अर्डर गर्ने र भुक्तानी गरिएको देखिने नक्कली बैंक भौचर व्हाट्सएपमार्फत पठाउने गर्थे। व्यापारीहरूले सामान वीरगन्ज पठाएपछि मात्र ठगी भएको थाहा पाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक पुष्कर बोगटीले जानकारी दिए।

उनका अनुसार पक्राउ परेकाहरूले विभिन्न समयमा व्यवसायीहरूबाट करिब १७ लाख ८७ हजार रुपैयाँ बराबरका सामान ठगी गरेका थिए। हाल उनीहरूलाई नियन्त्रणमा लिएर जिल्ला अदालतबाट म्याद अनुमति लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

स्रोतः नयाँ पत्रिका


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको