गौशाला बजारमा एक पुरुष मृत्त अवस्थामा फेला


गौशाला महोत्तरी। महोत्तरीको गौशाला नगरपालिका–५ स्थित गौशाला बजार क्षेत्रमा एक पुरुष मृत्त अवस्थामा फेला परेका छन्। बिहान स्थानीयले सडक किनारामा उनी अचेत अवस्थामा देखेपछि प्रहरीलाई खबर गरेका थिए।

इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख प्रहरी निरीक्षक रमेश लामाका अनुसार घटनास्थलमै मृत्यु भइसकेको पुष्टि भएको छ। प्रारम्भिक अनुसन्धानमा अत्यधिक रक्सी सेवनका कारण मृत्यु भएको हुनसक्ने आशंका गरिएको भए पनि वास्तविक कारण भने पोस्टमार्टमपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।

मृतकको परिचय खुल्न बाँकी रहेको छ। शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल जलेश्वर पठाउने तयारी भइरहेको प्रहरीले जानकारी दिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको