महोत्तरीमा पतैली सांस्कृतिक महोत्सव हुँदै, मैथिली लोकसंस्कृतिको संरक्षणमा जोड


महोत्तरी। मैथिली संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यका साथ महोत्तरीको जलेश्वर नगरपालिका-५, पतैली ब्रह्म स्थान वाटिकामा पतैली सांस्कृतिक महोत्सव आयोजना हुने भएको छ। पतैली युवा समाजको आयोजनामा कात्तिक ८ गते हुने उक्त महोत्सवमा स्थानीय तथा राष्ट्रियस्तरका कलाकारहरूको सहभागिता रहनेछ।

 

गत वर्ष पनि आयोजना गरिएको महोत्सवले समाजमा सकारात्मक प्रभाव पारेको उल्लेख गर्दै राईले यस वर्ष कार्यक्रमलाई अझ भव्य र व्यवस्थित रूपमा सञ्चालन गरिने बताए।

यस पटकको महोत्सवमा जनकपुरस्थित प्रतिष्ठित संस्था मिथिला नाट्य कला परिषद् (मिनाप) सँग आबद्ध कलाकारहरूको विशेष प्रस्तुति रहनेछ। तिनले मैथिली गीत, संगीत र नृत्यमार्फत लोकसंस्कृति र परम्पराको संरक्षणमा योगदान दिने बताइएको छ।

कार्यक्रममा लोकगायक ललित कामत, लोकगायिका जुली झा, गायक अंकित पाण्डे, तथा मिथिला क्षेत्रका चर्चित हास्य कलाकार राम नारायण ठाकुर ले प्रस्तुति दिनेछन्। आयोजकका अनुसार महोत्सवको तयारी अन्तिम चरणमा पुगेको छ भने दर्शकहरूको मनोरञ्जन र सुरक्षाका लागि विशेष व्यवस्था मिलाइएको छ।

अश्लीलता रहित, सन्देशमूलक र सांस्कृतिक प्रस्तुति सुनिश्चित गर्न विशेष ध्यान दिइएको आयोजकले जनाएको छ। महोत्सवमा बालबालिका, युवा तथा वृद्ध सबै उमेरका दर्शकहरूको उपस्थिति रहने अपेक्षा गरिएको छ। आयोजकहरूको विश्वास छ। यस महोत्सवले पुरानो मैथिली लोकसंस्कृतिलाई नयाँ पुस्तासम्म पुर्‍याउँदै सांस्कृतिक चेतना अभिवृद्धिमा महत्वपूर्ण टेवा पुर्‍याउनेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको