महोत्तरीमा १०५० किलो छोकडा र ३६ कार्टुन चकलेट बरामद


महोत्तरी – अनुराग कुमार यादव। जिल्लाको सम्सी गाउँपालिका–७ स्थित खवे मण्डल टोलमा प्रहरीले ठूलो परिमाणमा छुडा र चकलेट बरामद गरेको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार असोज ७ गते राति करिब ११ः३० बजे गुप्त सूचनाको आधारमा खवे मण्डल टोलमा अवस्थित घघरशनी नामक व्यक्तिको माटोले बनेको फुसको घरमा प्रहरीले छापा मारेको थियो। उक्त घरमा चोरी–पैठारी गरी ल्याइएका छुडा र चकलेट लुकाइराखिएको सूचनापछि गरिएको छापामारीमा ती सामग्रीहरू फेला परेका हुन्।

बरामद सामग्रीमा १०५० किलोग्राम (११ बोरा) छुडा र ३६ कार्टुन चकलेट रहेको प्रहरीले जनाएको छ। बरामद सामग्रीको कुल मूल्य करिब रु. १४ लाख ५१ हजार बराबर रहेको छ।

प्रहरीले बरामद सामान आवश्यक कानूनी कारबाहीका लागि जिल्ला भन्सार कार्यालय महोत्तरीमा पठाएको जनाएको छ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेन्द्र कुमार भट्टले उक्त सामग्रीहरू नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान अघि बढाइएको जानकारी दिएका छन्।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको