२७ असोज बर्दिबास, महोत्तरी – प्रवेश सिंह ।
महोत्तरीको बर्दिवास नगरपालिका–९ पशुपतिनगरमा आइतबार राति एकै रात दुई घरमा चोरी भएको छ।
स्थानीय नथुनी महतो र अलाउदिन अंसारीको घरमा राति करिब १ बजे तिर अज्ञात व्यक्तिहरूले चोरी गरेका हुन्।
महतोको घरबाट करिब २ लाख रुपैयाँ बराबरका सुनका गहना र नगद रकम चोरी भएको बताइएको छ। त्यसैगरी, अंसारीको घरबाट करिब ३ लाख ५० हजार रुपैयाँ नगद तथा करिब ७ लाख रुपैयाँ बराबरका सुनचाँदीका गहना चोरी भएको जनाएको छ।
घटनाको जानकारी पाएपछि प्रहरी निरीक्षक राजेशकुमार बास्तोला नेतृत्वको टोली घटनास्थल पुगेको र अनुसन्धान सुरु गरिएको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।










