घोडाघोडीमा युवकको निर्मम हत्या, टाउको बोकेर प्रहरीमा आत्मसमर्पण


कैलाली। कैलालीको घोडाघोडी नगरपालिका-८ मा एक युवकको निर्मम ढंगले हत्या भएको छ। आपसी विवादका क्रममा शुक्रबार राति खाजा खाने क्रममा विवाद बढेपछि २८ वर्षीय केशरसिंह बुढाको घाँटी रेटेर हत्या गरिएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार, मृतक बुढाको हत्यामा संलग्न दुई जना युवकले घटना लगत्तै प्रहरीमा आत्मसमर्पण गरेका छन्।

सुर्खेतको चौकुने गाउँपालिका-३ घर भएका बुढाको हत्या गरी सोही नगरपालिका निवासी १८ वर्षीय बलबहादुर बि.क. र १९ वर्षीय गंगा बुढा क्षेत्रीले मृतकको टाउको बोकेर राति नै इलाका प्रहरी कार्यालय सुखडमा पुगेका थिए।

प्रहरीका अनुसार, ती तीनै जना स्थानीय खाजा पसलमा बसेर मदिरा सेवन गरिरहेका बेला आपसी विवाद भएपछि बलबहादुर र गंगाले धारिलो हतियार प्रयोग गरी बुढाको घाँटी रेटेका थिए। घटनासम्बन्धी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको