सिराहामा बसबाट खसेर सहचालकको मृत्यु


सिराहा – सिराहामा चलिरहेको बसबाट खसेर सहचालकको मृत्यु भएको छ।

बिराटनगरबाट जनकपुरतर्फ जाँदै गरेको ना ७ ख २६५ नम्बरको बस धनगढीमाई नगरपालिका–९ जिरोमाईल चोक नजिक पुग्दा बसका सहचालक लहान नगरपालिका–१ का २१ वर्षीय पवन कुमार यादव सडकमा खसेका थिए।

गम्भीर घाइते भएका यादवलाई उपचारका लागि प्रादेशिक अस्पताल लहान पुर्‍याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका छन्।

घटनापछि प्रहरीले बस चालकलाई नियन्त्रणमा लिएर दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान थालेको जिल्ला प्रहरी कार्यालय सिराहाले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको