बर्दिबासमा फेला परेकी अन्दाजी ५० वर्षीया महिलालाई आफन्तले लिएर गए


महोत्तरी। बर्दिबासमा फेला परेकी अन्दाजी ५० वर्षीया अज्ञात महिलालाई उनका आफन्तले पहिचान गरी जिम्मा लिएका छन्।

बर्दिबास नगरपालिका-४ बरडाँडास्थित क्षेत्रमा बेवारिसे अवस्थामा भेटिएकी ती महिलालाई स्थानीयको सहयोगमा प्रहरीले संरक्षणमा लिएको थियो।

सो विषयमा टक नेपाल टिभी अनलाइनले समाचार सम्प्रेषण गरेपछि केही घण्टामै ती महिलाको परिवारले पहिचान गरी इलाका प्रहरी कार्यालय बर्दिबास पुगेर उनलाई जिम्मा लिएको प्रहरी स्रोतले जनाएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको