बर्दिबासमा अन्दाजी ५० वर्षीया अज्ञात महिला फेला, प्रहरीद्वारा सहयोगको अपिल


२१ असोज, बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका–४ बर्डाँडास्थित क्षेत्रमा आज बिहान करिब ७:३० बजेतिर स्थानीयले एक अज्ञात महिलालाई बेवारिसे अवस्थामा फेला पारी प्रहरीलाई बुझाएका छन्।

स्थानीयवासीले सडक वरिपरि हिँडडुल गरिरहेकी, परिचय खुलाउन नसक्ने र बोल्न असमर्थ अवस्थाकी महिलालाई देखेपछि प्रहरीलाई जानकारी गराएका थिए। त्यसपछि ईलाका प्रहरी कार्यालय बर्दिबासको टोलीले उद्धार गरी उनलाई बिहान ९:३० बजे कार्यालयमा ल्याएको जनाएको छ।

प्रहरीका अनुसार, फेला परेकी महिलाको उमेर करिब ४५ देखि ५० वर्षसम्म अनुमान गरिएको छ र उनी हेर्दा पहाडी मूलकी देखिन्छिन्। तर, हालसम्म उनको नाम, ठेगाना वा परिवारको परिचय खुल्न सकेको छैन।

ईलाका प्रहरी कार्यालय बर्दिबासका प्रमुखका अनुसार, महिलाको आफन्त वा परिवारजनको खोजी कार्य भइरहेको छ। उनी महोत्तरी जिल्ला वा अन्य जिल्लाका विभिन्न क्षेत्रमा हराएकी हुनसक्ने सम्भावना भएकाले प्रहरी कार्यालयले सो सम्बन्धी जानकारी प्राप्त गर्ने सबैलाई सहयोगको अपिल गरेको छ।

महिला फेला परेको स्थान बर्दिबासबाट करिब ५ किलोमिटर पश्चिम–उत्तर दिशामा रहेको प्रहरीले जनाएको छ। हाल उनीलाई ईलाका प्रहरी कार्यालय बर्दिबासमा सुरक्षित रूपमा राखिएको छ।

प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।

“जो–कोहीले उक्त महिलालाई चिनेका वा उनको परिवारबारे जानकारी भएका छन् भने नजिकैको प्रहरी चौकी वा इलाका प्रहरी कार्यालय बर्दिबासमा सम्पर्क गरी सहयोग गर्न अनुरोध गर्दछौँ।”


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको