मुख्यमन्त्री सिंहद्वारा छिन्नमस्ता भगवतीको दर्शन


बर्दिवास। मधेश प्रदेशका मुख्यमन्त्री सतीशकुमार सिंहले विजयादशमीको अवसरमा प्रसिद्ध आराध्यदेवी छिन्नमस्ता भगवतीको दर्शन तथा पूजापाठ गर्नुभएको छ।

आइतबार सप्तरीको छिन्नमस्ता गाउँपालिकास्थित मन्दिरमा पुगेर मुख्यमन्त्री सिंहले प्रदेशको समुन्नति, विकास तथा जनकल्याणको कामना गर्दै भगवती मातासँग प्रार्थना गर्नुभएको उहाँले बताउनुभयो। करिब १० मिनेट मन्दिरको गर्भगृहमा बसेर दर्शन गर्ने क्रममा पीठाधीश महकान्त ठाकुरले मुख्यमन्त्रीलाई विशेष पूजापाठ गराउनुभएको थियो।

पूजापाठपछि मुख्यमन्त्री सिंहले मन्दिर परिसरमा रहेका शनि, राधाकृष्ण, गणेश, कालभैरव र हनुमान मन्दिरमा पनि दर्शन गर्नुभयो। त्यस्तै, परिसरभित्र निर्मित पोखरी, पिकनिक स्थल र धर्मशालाबारे पीठाधीश ठाकुरले जानकारी गराउनुभएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको