टिकटकले नेपालमा ‘सर्च गाइड’ सुरु गर्‍यो, यौन दुर्व्यवहार पीडितलाई सहयोग गर्ने उद्देश्य


२३ साउन, काठमाडौं – सामाजिक सञ्जाल प्लेटफर्म टिकटकले नेपालमा नयाँ ‘सर्च गाइड’ सुविधा सुरु गरेको छ। शुक्रबारदेखि लागू भएको यो फिचरमार्फत यौन दुर्व्यवहारको जोखिममा रहेका वा पीडित प्रयोगकर्तालाई समयमै आवश्यक जानकारी र सहयोग उपलब्ध गराउने उद्देश्य राखिएको छ।

टिकटकका अनुसार, यो सुविधा प्लेटफर्मको समग्र सुरक्षा अभियानको हिस्सा हो, जसले प्रयोगकर्तालाई सुरक्षित, सहयोगी र जानकारीमूलक वातावरण प्रदान गर्न योगदान पुर्‍याउनेछ।

अबदेखि नेपालमा प्रयोगकर्ताहरूले ‘sexual assault’, ‘abuse hotline’, ‘Me Too’ जस्ता यौन दुर्व्यवहारसम्बन्धी शब्दहरू खोज्दा, उनीहरूलाई स्थानीय हेल्पलाइन नम्बर र टिकटकको ‘सेफ्टी सेन्टर’ अन्तर्गतको ‘Sexual Abuse Support’ पेजमा लैजाने विशेष सूचना देखाइनेछ।

उक्त सपोर्ट पेजमा शैक्षिक सामग्री, उजुरी दर्ता गर्ने प्रक्रिया, तथा पेशागत सहयोग सेवाहरूको लिङ्कसमेत समावेश गरिएको टिकटकले जनाएको छ।

यो पहलले यौन दुर्व्यवहार विरुद्धको चेतना अभिवृद्धि गर्नुका साथै पीडितलाई आवश्यक समर्थन पाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको