रासायनिक मल आपूर्तिमा सुधार गर्न समितिको निर्देशन


२२ असार, काठमाडौं —

प्रतिनिधि सभाको उद्योग, वाणिज्य तथा श्रम तथा उपभोक्ता हित समितिले देशभर रासायनिक मलको सहज र सुलभ आपूर्ति सुनिश्चित गर्न सरकारलाई निर्देशन दिएको छ।

आइतबार सिंहदरबारमा बसेको समितिको बैठकले मल आपूर्तिको समस्या समाधान गर्न प्रभावकारी कदम चाल्न निर्देशन दिँदै प्रत्येक स्थानीय तहमा मल भण्डारणस्थल निर्माण गर्न र मल वितरण प्रक्रिया सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा स्थानीय जनप्रतिनिधिको निगरानीमा सञ्चालन गर्नुपर्ने उल्लेख गरेको छ।

साथै, समितिले मल आयात तथा वितरणमा संलग्न संस्थाहरूको कोटा प्रणाली पुनरावलोकन गर्नुपर्ने आवश्यकता औंल्याएको छ। समितिका अनुसार समयमा गुणस्तरीय मल नपाउँदा किसान मर्कामा पर्ने भएकाले सरकारले तत्काल कदम चाल्नुपर्नेछ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको