जनमत पार्टीले नयाँ समिति तथा विभाग गठन गर्दै नेतृत्व विस्तार


१४  चैत  –  काठमाडौं । जनमत पार्टीले आफ्नो संगठनलाई थप सुदृढ बनाउन विभिन्न समितिहरू गठन गर्दै नयाँ पदाधिकारीहरूको मनोनयन गरेको छ। पार्टीको केन्द्रीय सचिवालय समितिको बैठकबाट उक्त निर्णय लिइएको हो।केन्द्रिय सचिवालय पार्टीका प्रमुख राजेश कुमार मण्डलले नवगठित समितिहरूले पार्टीलाई अझ प्रभावकारी बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे।
जनमत पार्टीले हालै सम्पन्न केन्द्रीय सचिवालय समितिको बैठकमार्फत बुधबार  विभिन्न समिति तथा विभागमा नयाँ नियुक्ति गरेको छ। पार्टीको आधिकारिक पत्रअनुसार, विभिन्न व्यक्तिहरूलाई महत्वपूर्ण जिम्मेवारी प्रदान गर्दै संगठनलाई थप मजबुत बनाउने लक्ष्य लिइएको छ।

पार्टीले प्रचार प्रसार विभाग, शिक्षक जनमत संघ, आगामी कार्यक्रम निर्माण अध्ययन कार्यदल, नीलो गठबन्धन अभियान कार्यदल, कानुनी सल्लाहकार तथा दलित हेल्प डेस्कमा नयाँ पदाधिकारी नियुक्त गरेको छ।

नयाँ मनोनयनअनुसार, श्री उपेन्द्र साह ९सप्तरी० लाई प्रचार प्रसार विभागको केन्द्रीय संयोजक, श्री राजेन्द्र साह ९रौतहट० लाई शिक्षक जनमत संघको केन्द्रीय संयोजक, श्री राकेश मिश्र ९सर्लाही० लाई आगामी कार्यक्रम निर्माण अध्ययन कार्यदलको केन्द्रीय संयोजक बनाइएको छ।

यसैगरी, श्री मुरली मनोहर ९सिंपु० तिवारी ९पर्सा० लाई केन्द्रीय संयोजक, श्री समव्य अधिकारी ९झापा० लाई सदस्य सचिव, श्री शैलेन्द्र आंबेडकर ९कपिलवस्तु० लाई कानुनी सल्लाहकार, श्री गंगा महरा ९सिरहा० र श्री विनोद कुमार पासवान ९रुपन्देही० लाई दलित हेल्प डेक्स परामर्शकर्ता पदमा नियुक्त गरिएको छ।

जनमत पार्टीका केन्द्रीय सचिवालय प्रमुख राजेश कुमार मण्डलले मनोनयनप्राप्त सबैलाई शुभकामना व्यक्त गर्दै पार्टीको लक्ष्य प्राप्तिमा सक्रिय भूमिका खेल्ने विश्वास व्यक्त गरे।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको