कार दुर्घटना रेडियो संचालकको मृत्यु


सर्लाहीमा पोखरीमा तीनजना सबार कार पोखरीमा डुब्दा दुईजनाको मृत्यु भएको छ भने एकजना सकुसल रहेको छ।सर्लाहीको बयलवासबाट महोत्तरीको गौशाला जाँदै गरेको लु२च ६७५८ नम्बरको कार अनियन्त्रित भई सर्लाही कै ईश्वरपुर नगरपालिका-२ मियाँखोरस्थित पोखरीमा आज बिहान डुबेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीको अनुसार कारमा सवार गौशाला नगरपालिका–१० का ३८ वर्षीय सुरेश महतो र सोनमा गाउँपालिका-८ का ३७ वर्षीय रामाकान्त ठाकुर को मृत्यु भएको छ।
कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक श्रेष्ठका अनुसार कारमा सवार अर्का व्यक्ति महोत्तरीको गौशाला –२ का ३१ वर्षीय जनक यादव पौडिएर बाहिर निस्कन सफल भएका हुन् ।
घटना लगत्तै खोजी तथा उद्धारका लागि पुगेको प्रहरी टोलीले बेपत्ता भएका दुई जनालाई फेला पार्न नसकेपछि बर्दिबासस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनीबाट गोताखोर टोली बोलाएको प्रवक्ता प्रनाउ श्रेष्ठले जानकारी दिए।  खोजी तथा उद्धारका लागि पुगेको प्रहरी टोलीले दुई जनाको शव फेला पारेको हो ।
कार अनियन्त्रित भएर सडक छेउमा रहेको सरस्वती उच्च माध्यामिक विद्यालयको पोखरीमा गएर डुबेको स्थानीयको भनाइ छ । घटनाका विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
कार दुर्घटनामा मृत्यु हुने मध्ये सुरेश महतो रेडियो गाैशालाका संचालक हुन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको