काठमाडौँ, जेठ २ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ । बुधबार बिहान भएको भेटवार्तामा संसदको अवरोध हटाउने विषयमा छलफल भएको सभामुखको सचिवालयले जनाएको छ ।
मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदको संयुक्त बैठकमा पेश गरेको सरकारको नीति तथा कार्यक्रमको धन्यवाद प्रस्ताव समेत पेश हुन नसकेपछि सभामुखले प्रधानमन्त्रीसँग छलफल गरेका हुन् ।
प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको भन्दै संसदीय छानबिनको माग गर्दै संसद अवरुद्ध गरेको छ ।



















