वैशाख १५ गते हुने उपनिर्वाचनका लागि आयोगले पठायो मतपत्र


काठमाडौँ, वैशाख ५ गते । 

निर्वाचन आयोगले इलाम क्षेत्र नं २ र बझाङ प्रदेशसभा नं १ को लागि वैशाख १५ गते हुने उपनिर्वाचनका लागि मतपत्र पठाएको छ ।

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौड्यालले रातोपाटीलाई जनक शिक्षा सामग्री केन्द्रको प्रिन्टिङ हाउसमा मतपत्र छापेर आज सम्बन्धित जिल्लामा पठाइएको जानकारी दिए । इलाम क्षेत्र नम्बर २ का लागि प्रति मतपत्र १ लाख २८ हजार र बझाङमा हुन लागेको उपनिर्वाचनका लागि ६८ हजार मतपत्र छपाई गरी सम्बन्धित क्षेत्रमा पठाइएको छ । मतदाताको संख्याभन्दा करिब १० प्रतिशत बढी मतपत्र पठाइएको छ ।

केही मतपत्रमा मसी लतपतिने, च्यातेको, बिग्रिएकोले केही मतपत्र केही प्रतिशत बढी छापिने शर्माले जानकारी दिए । विभिन्न दलका उम्मेदवारहरु ती क्षेत्रमा अहिले ती क्षेत्रमा प्रचारप्रसार गरिरहेका छन् ।

(रातोपाटि)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको