गण्डकी सरकारविरुद्ध कांग्रेस सर्वोच्च जाने


काठमाडौं, चैत २६ गते ।

नेपाली कांग्रेसले गण्डकी प्रदेशको मुख्यमन्त्री नियुक्तिविरुद्ध सर्वोच्च अदालत जाने भएको छ ।

आज बिहान पार्टी अध्यक्ष शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले सर्वोच्च अदालत जाने निर्णय गरेको हो ।

गण्डकी प्रदेशका मुख्यमन्त्री डिल्लीराज भट्टले आइतबार गण्डकी प्रदेशको मुख्यमन्त्री तथा नेकपा एमाले संसदीय दलका नेता खगराज अधिकारीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका छन् ।

अधिकारीले माओवादी केन्द्रबाट सभामुख बनेका कृष्ण धिताललाई समेत जोडेर सरकार गठनका लागि बहुमत पुर्याएको र त्यो असंवैधानिक भएको भन्दै कांग्रेसले सर्वोच्च जाने निर्णय गरेको हो ।

(onlinekhabar)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको