नेपाल ग्यासले नष्ट गर्‍याे छ साय भन्दा बढी सिलिन्डर


२२ चैत्र,बर्दिवास । नेपाल ग्यासले जोखिमपूर्ण अवस्थामा रहेका ग्यास सिलिन्डरलाई नष्ट गरेको छ । उपभोक्ताको सुरक्षालाई ध्यानमा राखेर दुई दशकबढि पूराना, हाइड्रोलिक टेस्ट गर्दा प्रयोग गर्न नमिल्ने अवस्थामा रहेका साढे छ सयबढि सिलिन्डर मंगलबार नष्ट गरेको कम्पनीले जनाएको छ ।
उपभोक्ताको सुरक्षालाई दृष्टिगत गरी गुणस्तरहिन प्रयोगमा ल्याउन नमिल्ने छ सय ६५ सिलिन्डर नष्ट गरेको नेपाल ग्यास उधोग नरायणी प्रा.लि. मिथिला नगरपालिकाका ९ धनुषाका कार्यलय प्रमुख जिबन छत्कुलीले बताए । ‘धेरै पूराना सिलिन्डरको हाइड्रोलिक टेष्ट गर्छौं,’ प्रमुख छत्कुली भने, ‘प्रयोग गर्न जोखिमपूर्ण पुराना सिलिन्डरलाई हरेक वर्ष नष्ट गर्दै आएका छौं ।’उपभोक्ताको भान्सामा प्रयोग हुने सिलिन्डर सुरक्षाको विषयमा संवेदनशील भएर नष्ट गर्ने गरेको कम्पनीको आदेश अनुसार यस किसिमको काम गदै आएको बताए ।
विभिन्न समयमा ग्यास बिस्फोटमा परी जनधनको क्षती भैरहेको हवस्थामा नेपाल ग्यास उपभोक्ताप्रति जिम्मेवार भएर नष्ट गर्दै आएको छ । यो कम्पनीले ३६ वर्ष देखी निरन्तर वर्षीनी हजारौ पूराना सिलिन्डर नष्ट गदै आएको छ । नयाँ सिलिन्डर १० वर्षमा र त्यसपछि हरेक पाँच वर्षमा अनिवार्य रुपमा हाइड्रोलिक परीक्षण गर्नुपर्ने कानुनी व्यवस्था रहेको अनिवार्य नष्ट गर्नुपर्ने प्रशासन साखाका  पुरुषोत्तम भट्टराईले बताए ।
नेपाल ग्यास, एसटिसी लगायत एक दर्जन कम्पनीले पुराना सिलिन्डर नष्ट गरे पनि अधिकांशले हाइड्रोलिक टेस्ट नगरी बजार पठाउने गरेको मिथिला नगरपालिका वडा नं. ९ का अध्यक्ष दिपक जंङ्ग थापाले  बताए ।
उक्त कार्यक्रममा मिथिला नगरपालिकामा रहेका सामजसेवी, बुद्धीजिवि, पत्रकार लगाय सरोकार वला निकाय समेत उपस्थि रहेको आयोजकले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको