लुम्बिनी प्रदेशका मुख्यमन्त्री चौधरीले गरे राजीनामाको घोषणा


दाङ, चैत २२ गते । 

लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने घोषणा गरेका छन् ।

बिहीबार लुम्बिनी प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै चौधरीले राजीनामाको घोषणा गरेका हुन् ।

नेकपा (माओवादी केन्द्र)ले दिएको समर्थन फिर्ता लिएपछि नेपाली कांग्रेस संसदीय दलका नेतासमेत रहेका मुख्यमन्त्री चौधरीको नेतृत्वको सरकार अल्पमतमा थियो ।

बिहीबारको बैठकबाट विश्वासको मत लिने तयारी गरे पनि बहुमत नपुग्ने नदेखिएपछि उनले पदबाट राजीनामा दिएका घोषणा गरेका हुन्। उनले आफू मुख्यमन्त्री भएको ११ महिना रहेको बताए ।

उनले भने, ‘मैले प्रदेश सभामा राजीनामा दिएको घोषणा गरेको छु । उनले मुख्यमन्त्री परिवर्तन ठूलो कुरा नभएको पनि बताए । हामी प्रजातन्त्रवादी हौं, मुख्यमन्त्री परिवर्तन हुनु ठूलो कुरा होइन। हामी यो व्यवस्था बचाउन सक्छौं कि सक्दैनौंरु,’ उनले भने।

उनले छोटो अवधिमा सरकार परिवर्तन हुनु राम्रो नभएको पनि बताए ।

(सेतोपाटि)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको