
काठमाडौँ, चैत २२ गते ।
इलाम–२ मा नेकपा (माओवादी केन्द्र)ले उम्मेदवारी नदिने भएको छ । एमालेका उम्मेदवार सुहाङ नेम्बाङलाई समर्थन गर्ने गरी माओवादीले उम्मेदवारी नदिने कोशी प्रदेशका इन्चार्ज हरिबोल गजुरेलले सङ्केत गरे ।
तर, माओवादी केन्द्रका महासचिव देव गुरुङले यस विषयमा एमाले र माओवादीबिच कुनै सहमति नभएको रातोपाटीलाई बताए । उनले वामपन्थीबीचको सहमति भए त्यहीअनुसार निर्णय हुने जानकारी दिए ।
लेफ्टहरूबिच बीच कुनै सम्झौता भएमा, त्यहीअनुसार अनुसार हुन्छ । अहिलेसम्म सहमतिबारे लिखित सहमति भइसकेको छैन,’ उनले भने, तर माओवादीबाट इलाम–२ बाट उम्मेदवारको तयारीमा रहेका धीरेन्द्र शर्माले उम्मेदवारी नदिने निर्णय भएको जानकारी आफूलाई प्रदेश इन्चार्जबाट आएको बताए ।
उम्मेदवारी नदिने निर्णय भएको प्रदेश इन्चार्जले जानकारी दिनुभयो । त्यही अनुसार एमालेका उम्मेदवारलाई जिताउन लाग्छौँ ,’ उनले भने । वैशाख १५ गते हुने उपनिर्वाचनमा शर्मालाई उम्मेदवार बनाउने निर्णय गरेको थियो ।
(रातोपाटि)