कांग्रेसको अल्टिमेटम – अर्को बैठकमा सरकारले संसदीय छानबिन समिति ल्याउनुपर्छ


काठमाडौँ, चैत २१ गते । 

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सहकारी प्रकरणमा संसदीय छानबिन समितिको मागबारे कांग्रेसले अल्टिमेटम सकिएको बताएका छन् ।

प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री शर्माले आगामी बैठकमा संसदीय छानबिन समिति ल्याउनुपर्ने कांग्रेसले सरकारलाई दिएको अल्टिमेटम सकिएको बताए ।

कांग्रेसले यो विषयलाई केहीले कमजोर बनाएको आरोप गलत भएको भन्दै उनले माग पूरा नभए कांग्रेसले अर्को बैठक अवरुद्ध गर्ने संकेत गरेका छन् ।

उनले सहकारी प्रकरणमा गृहमन्त्रीमाथि संसदीय छानबिन समितिको विकल्प नभएको बताए । सहकारी ठगीमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अन्य नेताहरु पनि संलग्न भएको विषय बाहिर आएको बताउँदै उनले आम जनताको ८० करोड रुपैयाँ हिनामिना गरिएको बताए ।

(इकागज)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको