शेयर बजारमा २ दशमलव ४८ अंकको सामान्य गिरावट, ४ अर्ब २४ करोडको कारोबार


Deep Diamond

काठमाडौं, फागुन ३० गते ।

शेयर बजारमा परिसूचक नेप्सेमा सामान्य अंकको गिरावट देखिएको छ। बुधबार नेप्से परिसूचक २.४८ अंकले घटेर २१०८.७२ अंकमा कायम भएको छ।

आज ३१० कम्पनीका १ करोड ८ लाख ८९ हजार ६३४ कित्ता शेयर ७३ हजार ५०६ पटक खरिद बिक्री हुँदा चार अर्ब २४ करोड ८५ लाख २३ हजार ३३२ रुपैयाँ बराबरको कारोबार भएको छ। विकास बैंक समूह ०.३५, वित्त समूह २.३२, जीवन बीमा ०.०९, लघुवित्त ०.४४, म्युचुअल फन्ड ०.४० र अन्य समूह ०.४६ प्रतिशतले बढेको छ। अरु सबै समूहको उपसूचक घटेको छ।

बैंकिङ ०.१०, होटल तथा पर्यटन १.१४, जलविद्युत् १.०९, लगानी ०.०७, उत्पादन तथा प्रशोधन ०.१४, निर्जीवन बीमा ०.५५ र अन्य समूह ०.११ प्रतिशतले घटेका छन्।

सबैभन्दा धेरै विन नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.९९ र उन्नति सहकार्य लघुवित्त वित्तीय संस्था लिमिटेडको शेयर मूल्य ९.५८ प्रतिशतले बढेको छ। अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको शेयर मूल्यमा आज नकारात्मक सर्किट लागेको छ।

कारोबार रकमका आधारमा शिवम् सिमेन्ट लिमिटेडको सबैभन्दा धेरै २५ करोड ५३ लाख ८३ हजार ६६२ बराबरको शेयर किनबेच भएको छ। कारोबार भएका शेयर संख्याको आधारमा भने सबैभन्दा धेरै अपर तामाकोशी हाइड्रोपावर लिमिटेडको ८ लाख ४६ हजार १४६ कित्ता शेयर किनबेच भएको छ।

(उकालो) 


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको