काठमाडौंका विभिन्न स्थानमा आज चार घण्टा कटौती हुनेछ विद्युत्


काठमाडौं, फागुन १९ गते ।

काठमाडौंका विभिन्न स्थानमा आज चार घण्टा विद्युत् कटौती हुने भएको छ ।

नेपाल विद्युत् प्राधिकरणका अनुसार महाराजगञ्ज वितरण केन्द्रको हेपाली फिडर र गणेशस्थान फिडर तथा जोरपाटी वितरण केन्द्रको साँखु र डाँछी फिडरअन्तर्गतका विभिन्न स्थानमा बत्ती जानेछ ।

जुलीको भूमिगत प्रसारण लाइन, पोल सिफ्टिङलगायतका कामका लागि ती क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म विद्युत् काटिने प्राधिकरणले जनाएको छ ।

महाराजगञ्ज वितरण केन्द्रअन्तर्गत हेपाली हाइट, देउराली जनता, कुवर कोलनी, कृष्ण मन्दिर, ग्रीनल्याण्ड चोक, इशान अस्पताल, भङ्गाल, हात्तीगौडा, धापासी हाइट, मनकामना टोल क्षेत्रमा विद्युत् काटिने छ ।

त्यसैगरी जोरपाटी वितरण केन्द्रअन्तर्गतका नयाँपाटी, ब्रम्हखेल, ब्रम्हखेल, ब्रम्हखेल, साौखु जर्शिंग पौवा, नांगलेभरे गागलफेदी आलापोट, मुलपानी, बाबाचोक, तिवारी टोल, दक्षिणणढोका लगायत क्षेत्रमा चार घण्टा विद्युत् कटौती हुने प्राधिकरणले जनाएको छ ।

तोकिएको समयभन्दा अगावै काम सम्पन्न भए समयभन्दा अगाडि नै लाइन सुरु गरिने प्राधिकरणले जानकारी दिएको छ ।

(सेतोपाटी)


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको