दुधौलीनगर अस्पतालको प्रधानमन्त्रीद्वारा उद्घाटन


सिन्धुली, माघ २० गते । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सिन्धुलीको सिर्थौलीमा निर्मित दुधौली नगर अस्पतालको उद्घाटन गरेका छन् । सिरतौलीको दुधौली नगरपालिकाले आज आयोजना गरेको कार्यक्रममा उनले १५ शय्याको नगर अस्पतालको उद्घाटन गरेका हुन् ।

करिब रु १८ करोडको लागतमा निर्मित उक्त अस्पतालले दैनिक एक सय ५० बढी बिरामीलाई विभिन्न प्रकारका स्वास्थ्य सेवा उपलब्ध गराउनेछ । कार्यक्रममा दुधौलीका स्थानीयले स्थानीय कला संस्कृति झल्कने झाँकी प्रस्तुत गरेका थिए ।

श्रोत सेतोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको