सरकारी वकिल कार्यालयमा अरुण चौधरीसँग १० घण्टाको बयान


काठमाडौं, माघ २० गते ।

प्रहरीले उद्योगी अरुण चौधरीको बयान लिएको छ । अनुसन्धान अधिकृतले बाँसबारीको १० रोपनी सरकारी जग्गा निजीकरण गरेको आरोपमा पक्राउ परेका चौधरी र बाँसबारी छाला जुत्ता कारखानाका तत्कालीन अध्यक्ष अजित नारायण सिंह थापाको बयान लिएका हुन् ।

गत माघ १८ गते पक्राउ परेका चौधरी र थापा ग्राण्डी अस्पतालमा छन् । उनीहरुलाई शुक्रबार जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौं ल्याइएको र बयान गराइएको केन्द्रीय अनुसन्धान ब्यूरोका एआईजी किरण बज्राचार्यले रातोपाटीलाई जानकारी दिए ।

जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंका प्रमुख सन्देश श्रेष्ठको रोहबरमा अनुसन्धान अधिकृतहरूले अरुण चौधरीसँग १० घण्टा बयान लिएका हुन् । अनुसन्धानमा संलग्न एक अधिकारी भन्छन्( ुलगभग १० घण्टा लगाएर अरुण चौधरी र अजित नारायण सिंह थापाको बयान सकिएको छ।

बाँसबारीको १० रोपनी जग्गा हिनामिना गरेको सम्बन्धमा अनुसन्धान अधिकृतले आवश्यकता अनुसार पूरक बयान लिन सक्नेछन् । तर, उनीहरुको प्रारम्भिक बयान सकिएको छ ।

बाँसबारी छाला जुत्ता उद्योगका तत्कालीन अध्यक्ष थापाले जग्गा निजीकरण हुनुअघि अर्थ मन्त्रालय र उद्योग मन्त्रालयबाट अनुगमन टोली गएको बताए । बयानमा उनले भने, ‘मन्त्रालयबाट आउनेहरूले पनि जग्गा हस्तान्तरण गर्न नसकिने भन्दैनन्, मेरो तर्फबाट पनि गल्ती भएछ ।’

बाँसबारी छाला जुत्ता कारखानाको कम्पाउन्डमा सरकारसँग साझेदारीमा च्याम्पियन फुटवेयर कम्पनी स्थापना गरेर चौधरी समूहले जग्गाको निजीकरण गरेको केन्द्रीय अनुसन्धान ब्युरोको अनुसन्धानले निष्कर्ष निकालेको छ ।

श्रोत रातोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको