लागुऔषधसहित ८ जना पक्राउ


काठमाडाैं, माघ १४ गते ।

देशका विभिन्न स्थानबाट अवैध लागुऔषधसहित ८ जना पक्राउ परेका छन् । बाराको महागढीमाई नगरपालिका–१ गढीमाई मन्दिर सडकबाट प्रहरीले १०२ ग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित सुर्वान गाउँपालिका–७ सुनफुलुवाका ४१ वर्षीय उमेशकुमार यादवलाई पक्राउ गरेको छ । बरियारपुर प्रहरी चौकीबाट खटिएको प्रहरीले बा.९४ प ६११४ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा उक्त लागू पदार्थसहित चालक यादवलाई पक्राउ गरेको हो ।

मोरङको विराटनगर नगरपालिका–१५ एक नम्बर ढाटबाट प्रहरीले ५७ मिलिग्राम अवैध लागूऔषध ब्राउन हेरोइनसहित सोही महानगरपालिका–१२ बस्ने २३ वर्षीय शौरभ सोनीलाई पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले लागूऔषधसहित उनलाई पक्राउ गरेको हो ।

बर्दियाको बाँसगढी नगरपालिका–९ पहाडीपुरबाट प्रहरीले करिब १ किलो ४५ ग्राम अवैध लागुऔषध गाँजासहित सोही नगरपालिका–९ माछागड निवासी २४ वर्षीय अम्मर बहादुर चनारालाई पक्राउ गरेको छ । लक्ष्मणा प्रहरी चौकीबाट खटिएको प्रहरीले उनलाई गाँजासहित पक्राउ गरेको हो ।

प्रहरीले मकवानपुर हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानी निवासी २७ वर्षीय बिस्सुराज लामालाई करिब १२५ ग्राम अवैध लागूऔषध जस्तो देखिने पदार्थ सहित पक्राउ गरेको छ । इलाको नेवारपानी प्रहरी कार्यालयबाट खटिएको प्रहरीले लामाको घरमा लागूऔषध फेला पारेर उनलाई पक्राउ गरेको हो ।

सिरहाकाे धनगढीमाई नगरपालिका-५ स्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब २ किलो र नगद ६ हजार ४ सय ४५ रूपैयाँसहित प्रहरीले सोही नगरपालिका–१३ भोर्लेनी बस्ने ४८ वर्षीय राम सुफल महतोलाई पक्राउ गरेको छ । उनलाई धनगढी प्रहरी चौकी इलाबाट खटिएको प्रहरीले उक्त गाँजासहित पक्राउ गरेको हो ।

बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१५ जमुनाहबाट प्रहरीले ९०० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१३ का २८ वर्षीय विकास पुन मगर र २२ वर्षीय सुरेश नाथ योगी रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगञ्ज र ईलाका प्रहरी कार्यालय जमुनाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

प्रहरीले २ ग्राम अवैध लागूऔषध ब्राउन जस्तो देखिने पदार्थसहित झापाको दमक नगरपालिका–९ बस्ने २६ वर्षीय पासाङ तामाङलाई पक्राउ गरेको छ । उनलाई ईलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले उक्त पदार्थसहित पक्राउ गरेको हो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको