पत्रकार राजकरण महतोलाई दुर्व्यवहार गरेको आरोपमा दुई जना पक्राउ


काठमाडौँ, माघ १२ गते ।

बाटोमा हिँड्दा पत्रकार राजकरण महतोलाई रंगका आधारमा ‘भैया’ भन्दै भेदभावजन्य गालीगलौज र कुटपिट गर्ने प्रयास गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको छ । २०८० माघ ७ गते काठमाडौंको तीनकुनेमा भएको घटनाका आरोपी बस चालक र सहचालकलाई प्रहरीले पक्राउ गरी हिरासतमा लिएको छ ।

आरोपीसंगै बसलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान अघि बढाएको प्रहरी वृत्त नयाँ बानेश्वरले जनाएको छ । मुद्दा दर्तापछि अभियुक्त सार्वजनिक गरिने प्रहरी स्रोतले जनाएको छ ।

बानेश्वर प्रहरीले पीडित महतोलाई शुक्रबार बोलाएर घटनाबारे जानकारी लिएको छ । नेपाल पत्रकार महासंघ महोत्तरी जिल्ला शाखा तथा केन्द्रीय कार्यालय काठमाडौं, राष्ट्रिय मानवअधिकार आयोग, मधेशी आयोग, विभिन्न संचार माध्यम, पत्रकार तथा संचारकर्मी, अधिकारकर्मी लगायतको चौतर्फी दवाबपछि प्रहरी गम्भीर भएर घटनाको अनुसन्धान गर्न बाध्य भएका थिए ।

अन्नपूर्ण पोस्ट्का सिनियर करेस्पोन्डेन्ट राजकरण महतोलाई माघ २४ गते काठमाडौंको तिनकुने सडक किनारमा हिँडिरहेको अवस्थामा बसका कर्मचारीले सडक छेउमा हिँड्दा साम्प्रदायिक सद्भाव बिथोल्ने भाषामा गाली गर्न खोजेका साथै कुटपिटको प्रयास गरेका थिए । उनलाई सुन्दरीमाई यातायात (चक्रपथ परिक्रमा) बा।२ ख ४५३४ का कन्डक्टर र चालकले ‘भैया’ भन्दै अभद्र व्यवहार गर्नुका साथै अश्लील सब्दको प्रयोग गरि गालीगलौज गरेका थिए ।

श्रोत रुपान्तरण


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको