राष्ट्रियसभा निर्वाचनमा कोशीमा एमाले र राप्रपाबीच तालमेल


विराटनगर, माघ ८ गते ।

राष्ट्रियसभा सदस्य पदको लागि निर्वाचनको क्रममा कोशी प्रदेशमा नेकपा एमाले र राप्रपाबीच समन्वय हुने भएको छ ।

कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यका लागि अन्य र महिला क्लस्टर गरी दुई सिटमा चुनाव हुँदैछ । दुई सिटमध्ये एउटा सिटमा एमालेले राप्रपालाई र अर्को सिटमा राप्रपाले एमालेलाई साथ दिने सहमति भएको हो ।

कोशी प्रदेशसभामा राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौलाका अनुसार कोशीमा एमालेले राप्रपाका उम्मेदवार उद्धव पौडेललाई समर्थन गर्ने भएको छ । त्यस्तै राप्रपाले एमाले उम्मेदवार रुक्मिणी कोइरालालाई समर्थन गर्ने भएको छ ।

श्रोत रातोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको