टीआरसी विधेयक सदन खुल्नेबित्तिकै अगाडि बढाउँछौं : प्रधानमन्त्री प्रचण्ड


काठमाडौं, माघ ७ गते ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयकलाई सहमतिबाट टुङ्ग्याउने बताउनुभएको छ ।

आइतबार बिहान युगाण्डाबाट स्वदेश फर्किनुभयेको प्रधानमन्त्री दाहालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै शान्ति प्रक्रियाका बाँकी सबै तयारी र राजनीतिक दलका नेताहरूसँग आफूले छलफल गरिसकेको बताउनुभयो ।

हिउँदे अधिवेशनको पहिलो दिन प्राथमिकताका साथ सदनमा विधेयक पेस गरिने पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री प्रचण्डले शान्ति प्रक्रियाका बाँकी काम पूरा गर्ने प्रक्रियाले अब गति लिने दाबी गर्नुेभएको छ ।

हामीले टीआरसीको बारेमा सबै छलफल र तयारी गरेका छौं । संसदको उपसमितिबाट टुंगो लगाएर समितिमा गएको हो । अब फुल हाउसमा लैजाने तयारी छ,’ उहाँले भन्नुभयो, ‘सदन खुल्नेबित्तिकै टीआरसी विधेयकलाई प्राथमिकतामा राखेर टुंगो लगाइनेछ ।

उनले विधेयक सहमतिबाटै टुंगो लगाउने पनि बताउनुभयो । राजनीतिक दलका नेताहरूसँग निरन्तर वार्ता भएको छ । टीआरसी विधेयकलाई सहमतिबाट मात्र टुंगो लाग्छ भन्ने मेरो विश्वास छ । बाँकी शान्ति प्रक्रिया काम पूरा गर्ने प्रक्रियाले गति लिन्छ,’ उहाँले भन्नुभयो ।

श्रोत सेतोपाटी


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको