माघ २ गते ।
गरिमा विकास बैंकले १० प्रतिशत लाभांश दिने भएको छ । बैंकको १७ औँ साधारणसभाले शेयरधनीलाई ९ दशमलव ५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५० प्रतिशत नगद लाभांश गरी कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी बैठकले विकास बैंकको अधिकृत पुँजी ५ अर्ब ७० करोड पु¥याउने र आर्थिक वर्ष ८०८१ का लागि लेखा परीक्षक नियुक्त गर्ने प्रस्ताव पनि पारित गरेको छ ।
हाल विकास बैंकको चुक्ता पुँजी पाँच अर्ब १८ करोड ७६ लाख ८७ हजार ५७ रुपैयाँ रहेकोमा साधारणसभाले पारित गरेको ९ दशमलव ५० प्रतिशत बोनस सेयर वितरणपछि चुक्ता पुँजी पाँच अर्ब ६८ करोड पाँच लाख १७ हजार तीन सय सत्ताइस रुपैयाँ पुगेको छ ।
साधारण सभाका लागि ०८० पुस १७ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द भएकाले ०८० पुस १६ गतेसम्म कायम रहने विकास बैंकका शेयरधनीले साधारणसभाले पारित गरेको बोनस सेयर पाउनेछन् ।
श्रोत नयाँ पत्रिका











