काठमाडौं, असोज १० गते।
कांग्रेसका सांसदहरुसँग छलफल गर्नका लागि शिक्षा क्षेत्र सम्बद्ध विभिन्न व्यक्तिहरुलाई बोलाइएको छ। नेपाली कांग्रेसले शिक्षा विधेयकमाथि विषय विज्ञसँग छलफल गर्ने भएको छ।
बुधबार हुने छलफलमा शिक्षाविद् विद्यानाथ कोइराला र धनञ्जय शर्मा, पूर्वसचिव जनार्दन नेपाल, शिक्षा मन्त्रालयका सहसचिव हरि लम्साल, वरिष्ठ पत्रकार राजेन्द्र दाहाल लगायतलाई बोलाइएको कांग्रेस संसदीय दलले जनाएको छ ।
विषय विज्ञका रुपमा आमन्त्रितहरुले सांसदहरुलाई विधेयकमा शिक्षा क्षेत्रका समस्या र विधेयकमा उल्लेखित विषयमा छलफल गर्नेछन् । आमन्त्रितहरुलाई २० देखि ३० मिनेटको बोल्नका लागि समय उपलब्ध गराइएको छ । उनीहरु बोलिसकेपछि कांग्रेसका सांसदहरुले जिज्ञासा राख्नेछन् ।
कांग्रेसले शिक्षा विधेयकका विषयमा मंगलबार शिक्षक संम्वद्ध संगठनका नेताहरुसँग छलफल गरेको थियो । दिउँसो १ बजे संसद भवनको ल्होत्से हलमा छलफल राखिएको छ ।









