काठमाडौं, असोज ५ गते।
नेपाल क्रिकेट संघ (क्यान)को साधारणसभा आज शुक्रबार काठमाडौंमा सुरु भएको छ।
भोलि शनिबारसम्म चल्ने साधारणसभाले नयाँ नेतृत्व चयन गर्ने छ। अध्यक्षमा वर्तमान अध्यक्ष चतुरबहादुर चन्द दोहोरिने तयारीमा छन्। उनले सर्वसम्मत अध्यक्ष हुन चाहेका थिए, तर लुम्बिनी प्रदेशका उपाध्यक्ष विजयराज भण्डारीले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन्।
सचिवमा भने पूर्व कप्तान पारस खड्का उठ्ने भएका छन्। उनी बागमती प्रदेशका अध्यक्ष समेत हुन्।









