भेरी अस्पतालका बिरामीलाई फलफूल वितरण


Deep Diamond

गजेन्द्र गुरुङ

खजुरा, असोज ३ गते।

संविधान दिवसको अवसरमा नेपालगञ्जस्थित भेरी अस्पतालका बिरामीलाई फलफूल वितरण गरिएको छ।

नेपालगञ्ज उपमहानगरपालिकाले बुधबार भेरी अस्पतालमा उपचाररत दुई सय बिरामीलाई फलफूल वितरण गरेको हो। नेपालगञ्ज उपमहानगरपालिकाले जिल्ला प्रशासन कार्यालय बाँकेसँगको समन्वयमा फलफूल वितरण गरेको हो।

फलफूल वितरण कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका नगर प्रमुख प्रशान्त विष्ट र प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले संविधान दिवसका अवसरमा शुभकामना दिँदै जनआकांक्षा सम्बोधन गर्ने दिशामा संविधान सफल सिद्ध हुने विश्वास व्यक्त गर्नुभएको छ। संविधानको अक्षरसः कार्यान्वयन गर्न सबै सरोकारवाला प्रतिबद्ध हुनुपर्ने उहाँहरुको भनाइ छ।

फलफूल वितरण कार्यक्रममा भेरी अस्पताल विकास समितिका अध्यक्ष विरेन्द्रबहादुर शाह, प्रमुख मेडिकल सुपरिटेण्डेण्ट डा। पवनजंग रायमाझी, बाँके प्रहरी प्रमुख सन्तोषसिंह राठौर, नेपालगञ्ज उपमहानगरपालिकाका प्रबक्ता प्रमोद रिजाल लगायत उपस्थित हुनुभएको थियो।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको