काठमाडौं,भदौ १६ गते ।
१६औँ एसिया कपअन्तर्गत शनिबार भारतले पाकिस्तानविरुद्ध दोस्रो विकेट गुमाएको छ। भारतले पूर्वकप्तान विराट कोहलीलाई व्यक्तिगत चार रन बनाउँदा गुमाएको हो।
पाकिस्तानका लागि दोस्रो सफलता फास्ट बलर साहिन साह अफ्रिदीले दिलाएका हुन्। सहिनको बल खेल्ने क्रममा कोहली इन साइड ऐज लागेर बोल्ड भए। यसअघि कप्तान रोहित शर्मा पनि अफ्रिदीकै बलमा बोल्ड भएका थिए।
कोहलीले सात बलमा एक चौका प्रहार गरे। साहिनले १४ रन खर्चेर दुई विकेट लिएका छन् ।



















