एमालेले माग गरेपछि बजेट पारित गर्न संसदमा मत विभाजन


काठमाडौं, असार १३ गते ।

प्रमुख प्रतिपक्ष नेकपा एमालेले माग गरेपछि बजेट पारित गर्न संसदमा मत विभाजन हुने भएको छ।

सभामुख देवराज घिमिरेले ध्वनी मतका आधारमा बजेट पारित भएको घोषणा गरेपछि एमाले संसदीय दलका सचेतक महेश बर्तौलाले असहमति प्रकट गर्दै प्रतिनिधिसभा नियमावलीको नियम २९ बमोजिम मत विभाजनको माग गरे।

अर्थमन्त्री डा। प्रकाशशरण महतले विनियोजन विधेयक पारितका लागि प्रस्ताव पेस गरेपछि सभामुख घिमिरेले निर्णयार्थ पेश गरे। ध्वनी मतका आधारमा विधेयक पारित भएको पनि घोषणा गरे।

तर बर्तौलाको मगपछि सभामुखले नियमावली बमोजिम मत विभाजन हुने बताएका हुन्।

सत्तापक्षका केही दलले संशोधनको माग गर्दै बजेट पारित गर्न नदिने अडान राखेपनि बुधबार बैठक राखेर बजेटको पक्षमा मतदान गर्न आफ्ना सांसदलाई ह्वीप लगाएका छन्।

नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र जसपाले ह्वीप नै लगाएका छन् भने नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्तिले पक्षमा मतदान गर्ने निर्णय गरेका छन्।

सत्ता गठबन्धनको जनमत पार्टीले भने विपक्षमा मतदान गर्ने बताएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको