काठमाडौं, असार ४ गते ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले समाजवादी मोर्चामा एकता र स्वतन्त्रताको द्वन्द्ववादलाई प्रयोग गर्ने कोसिस गरिएको बताएका छन्।
समाजवादी मोर्चा नेपालको घोषणा सभामा बोल्दै प्रचण्डले मोर्चाको सफलतालाई कसैले रोक्न नसक्ने बताएका हुन्।
प्रचण्डले भने, ‘पार्टीहरूको स्वतन्त्रताको पनि रक्षा होस् र देश र जनताको समस्या सम्बोधन गर्न पनि एक हौं भन्ने हाम्रो ध्यय छ। एकता र स्वतन्त्रताको द्वन्द्ववादलाई प्रयोग गर्ने कोसिस गरेका छौं।’
हिजो हतारमा एकता भएको उनको भनाइ छ। जनता र राष्ट्रको एकताको हितलाई सम्बोधन गरिने बताए।









