२९ जेठ,बर्दिवास । महोत्तरीको बर्दिवास नगरपाकिामा संचालित ज्योति विकास बैंकबाट ऋण स्वीकृत गराएकी एक महिलाले आफ्नो खातामा आएको पैसा अर्कैले लगेको ताह पाए पछि चिल्ल परेकी छिन ।
बैंकको बर्दिबास शाखाबाट निलम सापकोटाले २६ लाख रुपैयाँ ऋणको लागि प्रोसेस गरेकी थिइन् । बैंकले ऋण दियो पनि । तर, उनले पाइनन् । एकैपटक ब्याज भुक्तानीका लागि ताकेता भएपछि उनी झस्किएकी थिइन् ।

सापकोटाले भनिन्, ‘मैले माग गरेको ऋण चैत २३ गते बैंले मेरो खातामा हालिदिएको रहेछ । तर, तत्कालै अर्को व्यक्तिलाई सो रकम भुक्तानी गरिएछ । मैले बैंकबाट किस्ता तिर्न एसएमएस आएपछि थाहा पाएँ ।’
बैंकबाट लोन लिँदा आफूलाई गराएको हस्ताक्षर प्रयोग गरेर राकेश साह नामका व्यक्तिले रकम उछिट्याएको उनको भनाइ छ ।
‘मलाई बैंकले कुनै जानकारी नै नदिई अरूलाई कसरी भुक्तानी दियो ?’ उनले प्रश्न गरिन्, ‘अब मैले नलिएको ऋणको साँवा र ब्याज कसरी तिर्ने ? !
बैंकसँग आफूले त्यस दिनको सीसीटीभी फुटेज देखाउन माग गरे पनि नदेखाइएको उनले बताइन् ।
यस विषयमा ज्योति विकास बैंक मधेश प्रदेशका प्रमुख दिनेश रायमाझीले पैसा कसले लगेको हो भन्नेबारे अध्ययन भइरहेको बताए । रायमाझीले नेपालप्रेससँग भने, ‘हामीले पैसा कसले लगेको हो भनेर अध्ययन गरिरहेका छौँ । अहिले प्रविधिको समयमा सीसीटीभी फुटेजबाट सबै थाहा भइहाल्छ ।’
यता बर्दिवास शाखाका मेनेजर रमेश कार्की संग यस घरनाका सम्बन्धमा सोधपुछ गर्न खोजदा उनको फोन नउठेको र यसको बिषयमा थप अनुसन्धान भईरहेको छ ।









