१७ जेठ , बर्दिबास । सिक्री लुटपाट गरी भाग्दै गरेको अवस्थामा महोत्तरीको बर्दिबास बजारमा आज बिहान एक जना चोरलाई पक्राउ परेको हो ।
बर्दिबास नगरपालिका २ बस्ने रामजि बस्नेतको घाटीमा लगाएको सुनको सिक्री तानी भागने क्रममा होहल्ला हुदा बर्दिबास नगर प्रहरी नायब निरीक्षक फरिन्द्र कुमार थापा खटिएको टोलिलेले पक्राउ गरेको हो ।
प्रहरीका अनुसार पक्राउ पर्ने बिरगंज उप महानगरपालिका २० बस्ने बर्ष १६ को तरिकित रायलाई सिक्री सहित पक्राउ गरिएको हो । अहिले थप अनुसन्धानका लागि उनलाई बर्दिबास ईलाका प्रहरी कार्यलयमा राखिएको नगर प्रहरी निरीक्षक थापाले जनकारी गराएको हुन ।










