किसानहरुलाई पहिलो प्राथमिकता सिचाइ : मेयर क्षेत्री


७ बर्दिबास । किसानहरुको प्रमुख समस्या पानी रहेकाले समस्यालाई समाधान गर्न बर्दिबास नगरपालिकाले डिप बोडिङ्ग सहयोग गरेको हो ।
नगरपालिकाको अर्थिक सहयोग र स्थानियहरुको पहलमा बर्दिबास नगरपालका ९ पशुपतिनगरका किसानहरुलाई यो डिप बोडिङ्ग सहयोग गरेको मेयर सचिवालयले बताएका छ्न ।
उक्त बोडिङ्ग बर्दिबास नगरपालिका ९ का स्थानिय बिजय सिंह कुसवाहाको जग्गामा निर्माण कार्य सुरु भएको हो ।

सनिवार उद्घाटन कार्यक्रममा प्रमुख अतिथि बर्दिबास नगरपालिला नगर प्रमुख प्रहलाद कुमार क्षेत्रले भन्नू भयो,” किसानहरुका खानेपानी र सिचाइ प्रमुख समस्या रहेकोले यो समस्या समाधान गर्ने केन्द्रिय बजेट देखि प्रदेशको बजेट हुँदै विभिन्न संघ संघसंगठनका मर्फत सहयोग गर्दै आएको र समस्या समाधान गर्न आफू दिनरात काम गर्दै आएको बताउनुभयो । यो आज निर्माण हुँदै गरेको डिप बिडिङ्ग बर्दिबास नगरको अर्थिक सहयोगमा निर्माण हुँदै गर्दा यो डिप बोडिङ्गले यस भेगमा रहेको किसानहरुको सिचाइ र खानेपानीको समस्या समाधानमा टेवा पुगने बतानुभयो ।
बर्दिबास नगरपालिकामा धेरै समस्या हरुको जालो रहेकोहुदा बिस्तारै बिस्तारै समस्या समाधान तर्फ आफू अगाडि बढेको बताउदै पशुपतिनगरका किसानलाई अब आउने दिनहरुमा आवश्यक परेको खण्डमा आझ ईनार र बोडिङ्ग सहयोग गर्ने स्थानियहरुलाई आश्वासन दिनुभयो ।यता जग्गा धनी बिजय सिंहका अनुसार किसानहरुलाई बर्षको ४ महिना सिचाइ र खानेपानीको मुख्य समस्या नै खानेपानी रहेकाले बर्दिबास नगरपालिकाका नगर प्रमुख प्रहलाद कुमार क्षेत्रीलाई हामिले यो समस्या बताएपछि स्थलगत निरीक्षन गरि ईनार र डिप बोडिङ्ग मध्ये यो ठाउँमा डिप बोडिङ्गको आवश्यक हुदा हामिलाई सहयोग गरेको बताए । यो बोडिङ्गको पानीबाट करिब २० घर धुरिका खानेपानी र सिचाइको समस्या निराकरणहुने जग्गा घनी सिहले बताउदै बिकास प्रेमी मेयर ज्युलाई धन्यवाद दिए ।उक्त उद्घाटन कार्यक्रम बर्दिबास नगरपालिका वडा नम्बर ९ का वडा अध्यक्ष घुरन महतोपनि सहभागी भएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको