रोजगारका लागी सुरक्षित आप्रवासन(सामी) कार्यक्रम


वैदेशीक रोजगारीलाई सुरक्षित, उपल्बधीमुलक र भरपर्दो बनाउने उदेश्यले सञ्चालित वैदेशिक रोजगारका लागी सुरक्षित आप्रवासन(सामी) कार्यक्रम अन्र्तगत बर्दिवास नगरपालिकाका सरोकारवालाहरु र स्थानिय जनप्रतिनिधिहरू संग सम्बन्धी अभिमुखीकरण तालिम सम्पन्न भएको छ ।


सीप सिकेर मात्र वैदेशिक रोजगारीमा जानुपर्ने सम्बन्धि र स्वदेशमै रोजगार गरेर काम गर्ने बिषयमा नगरपालिकाको रोजगार शाखाको आयोजनामा सम्पन्न भएको थियो ।
स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सहि सूचना लिएर, सीप सिकेर मात्र जाऔँ’ भन्ने मूल नाराका साथ सामीले सुरक्षित आप्रवासन, मनोपरामर्श जस्ता कार्यक्रमहरु संचालन गर्दै आएको जनाएको छ ।


न्ययामा पहुुच,सुुचनामा पहुुच,सिपमा पहुुच,वित्तिय साक्षरतामा पहुुच र मनोविज्ञानिक साजकर्ता प्ररामर्स संग सम्वन्धित कार्यक्रम हुने गरेको छ ।
वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरुका नेपालमा रहेका आफ्ना परिवारका सदस्यहरु माथि समाजबाट हुने विभिन्न किसिमका अपहेलना, भोग्नुपरेका लान्छना, खराब व्यवहार, नराम्रो नजर आदि जस्ता कुराहरुबाट कतिपय महिलाहरु प्रभावित भई डिप्रेसनमा जाने आत्महत्या जस्तो भयानक अवस्थाको सिकार समेत बन्न सक्ने हुनाले त्यस्ता बिषयमा सचेतना फैलाउने उद्देश्यले सम्बन्धित सरोकारवालाहरु संग यस्तो अन्तरक्रिया कार्यक्रम संचालनमा ल्याएका नगरपालिकाको रोजगार संयोजक लभ कुमार यादवले बताए ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


धेरै पढिएको

ताजा समाचार