वडा अध्यक्ष चौधरी र सचिव राय घुस सहित अख्तियारको फन्दामा


जनकपुरधाम- जनकपुरधाम उपमहानगरपालिका वडा नं. ११ का वडा अध्यक्ष र सचिव घुसको रकम सहित एक होटलबाट पक्राउ परको ।

जनकपुरधामको विवाह मण्डप पछाडि रहेको रोहन होटलबाट सो वडाका वडा अध्यक्ष अर्जुन चौधरी र वडा सचिव माधव राय घुस सहित पक्राउ परेको हो ।

अख्तियार सहित प्रहरीको टोली दुवैजनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको र कति रकम सहित उनीहरु पक्राउ परेको हो ? सहितका विवरण केहि वेरमा मात्र उपलब्ध हुने बताइएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


धेरै पढिएको

ताजा समाचार