प्रहरी हिरासतबाट फरार भएका एकजना आझै पक्राउ परेनन्


जनकपुरधाम- ईलाका प्रहरी कार्यालय महेन्द्रनगरको हिरासत कक्ष फोडेर फरार भएका ६ जना अभियुक्तमध्ये पाँच जनालाई प्रहरीले पक्राउ गरे पनि सोही घटनाका २५ वर्षीय रोशन यादव अझै पक्राउ परेका छैनन् ।

उनीहरु गत माघ १५ गते राति हिरासत कक्ष फोडेर फरार भएका थिए । प्रहरीले क्रमश पाँच जनालाई पक्राउ गरी जिल्ला अदालत धनुषाको आदेशाअनुसार अहिले पुर्पक्षको लागि सिन्धुली कारागारमा पठाइसकेका छन् । तर फरार भएको ५२ दिन बितिसक्दासमेत सार्वजनिक शान्ति सुरक्षा विरुद्धको अपराध मुद्दाका आरोपित क्षीरेश्वरनाथ नगरपालिका २ का रोशन अझै पक्राउ परेका छैनन् । यादव माघ ४ गते पक्राउ परेका थिए । उनी ११ दिन थुनामा बसेर अन्य थुनुवासँगै फरार भएका थिए । उनलाई पक्राउ गर्न प्रहरी परिचालन भएको धनुषाका प्रहरी नायव उपरीक्षक वेदप्रसाद गौतमले जानकारी दिए । उनी छिट्टै पक्राउ गरिने उनको प्रतिबद्धता छ ।

सो घटनामा तीन जना प्रहरीलाई निलम्बन गरिएको थियो । हिरासत कक्ष अधिकृत सहायक प्रहरी निरीक्षक (असई) अशोक मण्डल, प्रहरी हवलदार सरोज रेग्मी र प्रहरी जवान रोहन मगर निलम्बनमा परेका हुन् । त्यस्तै त्यहाँ कार्यरत २६ जना प्रहरीलाई पनि जिल्लामा तानिएको छ । प्रहरीले दुई वटा छानबिन समिति गठन गरे पनि प्रतिवेदन बुझाएका छैनन् । १५ दिनभित्र प्रहरी प्रमुख समक्ष प्रतिवेदन बुझाउनु पर्ने भनिएको थियो ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको