दुर्गा प्रसाँईको गतिविधिबारे ओलीको जवाफ


विराटनगर –  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य दुर्गा प्रसाँईमाथि कारबाही हुने नहुने विषयमा कसैले चिन्ता लिनुपर्ने टिप्पणी गरेका छन् । एमाले निकटको खेलकुद संगठन नेपाल खेलकुद महासंघको दोस्रो राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्न आइतबार विराटनगर आएका ओलीले पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनका तीन पुस्तालाई उपस्थित गराएर प्रसाँईले सुरु गरेको अभियानका कारण पार्टीभित्रै आलोचना भइरहेको बेलामा त्यसको चिन्ता नगर्न पत्रकारहरूलाई भनेका हुन् ।

प्रसाँईले मेची पुलमा आयोजना गरेको कार्यक्रम पार्टीको कार्यक्रम नभएको समेत उनले बताए । ‘पार्टीले चलाएको अभियान होइन,ु उनले भने, ुकारबाहीको तपाँईहरूलाई किन चिन्ता रु किन रमाइलो मान्नुहुन्छ रु पानीले आफ्नो लेभल आफैं मिलाउँछ, मिलाउँदै जान्छ, हतार गर्नुपर्दैन ।’

ओलीले माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ९प्रचण्ड० सँग राष्ट्रपतिका विषयमा सहमति भएको कुरामा माओवादीका अरु नेताले के भन्छन् भन्ने विषय महत्वपूर्ण नरहेको बताए । ‘सबैसँग त कहाँ सहमति हुन्छ त रु’ ओलीले भने, ‘प्रचण्डले भनेको कुरा सही हो, हामी उम्मेदवार उठाउँछौं, सबैको सहमति हुनुपर्दछ ।’ उनले राष्ट्रपति निर्वाचनमा माओवादीले साथ नदिने भन्ने सम्भावनै नरहेको जिकिर पनि गरे । ओलीले सोची सम्झिकन यो समीकरण बनाएको बताएको र सोचीसम्झिकनै चलाइरहेको पनि दाबी गरे ।

आफ्नो नाम पनि राष्ट्रपतिमा चर्चामा आएको विषयमा जवाफ दिंदै ओलीले भने, ‘मलाई उचाल्नु पर्ने आवश्यकतै छैन, यो एउटा रमाइलो धारणा मात्रै हो, हामीले जो उम्मेदवार बनाउँछौं त्यै हुन्छ, मैले अहिलेसम्म कसैको नाम लिएको छैन, कसले के–के कथा बुनेको छ मलाई थाहा छैन, म १३ गते नाम लिन्छु, १३ गते मनोनयन हुन्छ ।’

पूर्वराजा ज्ञानेन्द्र शाहले शनिबार जारी गरेको सन्देशप्रति टिप्पणी गर्दै ओलीले उनी आफैं अलमलमा रहेको बताए । राजाको हातबाट जनताले शासन लिएका भर्खर १५ बर्ष भएकोले अहिल्यै सवै कुरा ठिकठाक हुनुपर्छ भन्ने धारणा नै गलत रहेको ओलीले बताए । ‘ज्ञानेन्द्र जी आफैं अलमलमा हुनुहुन्छ, उहाँलाई अझै पनि पुरानो झल्को आइरहन्छ, दुई चार जना वरिपरि देखिएपछि जोस्याउँछ’ ओलीले भने, ‘२४० वर्ष उहाँहरूले नै चलाएको होइन रु अरु देशको तुलनामा कहाँ पुर७शधवस्याउनु भयो देशलाई रु अहिले त उहाँहरूको हातबाट जनताले लिएको १५ वर्ष न भयो, कतिवटा कुरा मिल्दै होला, मिलाउँदै गएको होला, २५० वर्ष त खाएको छैन त जनताले ।’


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको