कुरामा हैन काममा बिश्ववास गर्छौ भन्दै मेडिकल कलेज निर्माणको लागि नगरपालिकाको हरसम्भव प्रयास


बर्दिबास ।   बर्दिवास मेडिकल कलेज तोकिए कै स्थानमा निर्माणको लागि नगरपालिकाले प्रतिबद्धता सहित आवश्यक प्रकृया थालेको छ।

बर्दिवास नगरपालिकाका मेयर प्रहलाद क्षेत्रीले हिजो बोलेको कुरामा कतै पछि नहट्ने गरि – हामी कुरामा हैन काममा बिश्ववास गर्छौ ” भन्दै मेडिकल कलेज निर्माणको लागि नगरपालिकाले हरसम्भव प्रयास गर्ने जानकारी दिए ।

मेयर क्षेत्रीले वनमा भएको रुख मासेर मेडिकल कलेज नबनाउने सम्बन्धमा सर्बोच्च अदालतमा परेको मुद्दाको लागि मंगलवार सुनवाई रहेको जानकारी दिंदै उनले मेडिकल कलेज तोकिए कै स्थानमा निर्माण गर्न आदेश आउने विश्वास व्यक्त गरे ।
उनले मेडिकल कलेज निर्माण स्थलमा रहेको जति रुख विरुवा काटिन्छ त्यसको क्षतिपूर्ति स्वरुपमा नगरपालिकाले एक लाख पचास हजार विभिन्न प्रजातिको रुख रोप्ने प्रतिबद्धता पत्रनै लेखेर बर्दिवास मेडिकल कलेज पूर्वाधार निर्माण विकास आयोजना कार्यालयलाई बुझाएको जानकारी दिए ।

आयोजनालाई नगरपालिकाले बुझाएको प्रतिबद्धता पत्रमा यस नगरपालिकाको वडा नं. ४ मा नेपाल सरकारको “एक प्रदेश एक मेडिकल कलेज स्थापना” गर्ने निति अनुरुप निर्माण गर्ने उद्देश्यले नेपाल सरकारवाट प्रस्ताव भइ बजेट समेत विनियोजन हुदै आएको बर्दिवास मेडिकल कलेज, पर्यावरण ह्रास गर्ने परियोजना नभै यस क्षेत्रको वृहत्तर विकास र मधेश प्रदेशको स्वास्थ्य अवस्था सुदृढ गर्ने महत्त्वपूर्ण परियोजना रहेको उल्लेख गरिएको छ।”

नगरपालिकाबाट गत आव मा करिव १ लाख ५० हजार को संख्यामा वृक्षारोपण कार्य गरि हरियाली सफा शहर बर्दिवास बनाउने उद्देश्यका साथ हाल चुरे संरक्षण तथा वृक्षरोपणका कार्यक्रमहरु समन्वयात्मक ढंगले विभिन्न सरकारी तथा गैर सरकारी संस्थाहरु सगं सहकार्य गर्दै आएको र सो कार्यलाई निरन्तरता दिन प्रतिवद्ध रहेकोले राष्ट्रिय महत्वका यस आयोजनालाई तोकिए कै स्थानमा कार्यान्वयनमा लागि आवश्यक प्रकृया अघि बढाइ सहयोग गरिदिनको लागि नगरपालिकाले प्रतिबद्धता पत्र मार्फत अनुरोध गरेको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


ताजा समाचार

धेरै पढिएको