मेयर गोल्ड कप फुटबल प्रतियोगिताको तयारी


बर्दिबास (महोत्तरी) २१ माघ : महोत्तरीको बर्दिबास नगरपालिकामा दोस्रो मेयर गोल्ड कप फुटबल प्रतियोगिताको तयारी बढेको छ । यही माघ २६ गतेदेखि फागुन चार गतेसम्म आयोजना हुने दोस्रो बर्दिबास मेयर गोल्ड कप फुटबल प्रतियोगिता आयोजना हुन लागेको बर्दिबास खेलकुद विकास समितिले जनाएको हो ।

दोस्रो यो प्रतियोगितामा मुलुकभरिका आठ वटा टिमले सहभागिता जनाउने भएका छन् । आसन्न प्रतियोगितामा क्यामरुन एफ.सी. काठमाण्डौ, ब्वाइज युनियन क्लव काठमाण्डौ, वीरगञ्ज युनाइटेड क्लव, पेमा युवा क्लव विराटनगर, धरान फुटबल क्लव, झापा ११ फुटबल क्लव , वागमती युवा क्लव सर्लाही र बर्दिबास युथ क्लव सहभागी हुने बर्दिबास नगर खेलकुद विकास समितिले जनाएको हो ।

आसन्न प्रतियोगितामा प्रथम र दोस्रा हुनेलाई क्रमशः पाँच लाख र तीन लाख नगद पुरस्कारसहित गोल्ड कप र प्रमाणपत्र प्रदान गरिने जनाइएको छ । प्रतियोगितामा ४५ लाख खर्च हुने समितिका अध्यक्ष दिपेन्द्रकुमार शिवभक्तिले जानकारी दिनुभयो ।

समितिले नगर क्षेत्रका १४ वटै वडा बस्तीमा खेलकुदका विभिन्न विधाको विकासका लागि प्रयत्न थालिएको जनाएको छ । बर्दिबास युथ क्लव बर्दिबासको अखिल नेपाल फुटबल सङ्घ (एन्फा) मा आबद्ध क्लव हो । यसपालिको प्रतियोगिता एन्फाको स्वीकृति र तालिकामा आयोजना गरिएको बर्दिबास नगर खेलकुद विकास समितिले जनाएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको