मधेश प्रदेशको मुख्यन्यायाधिवक्तामा ठाकुर नियुक्त हुँदै


जनकपुरधाम- मधेश प्रदेशको मुख्य न्यायाधिवक्तामा अधिवक्ता वीरेन्द्र ठाकुर नियुक्त हुने भएका छन्।

प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशंकर मिश्रले ठाकुरलाई आइतबार मुख्य न्यायाधिवक्ता नियुक्त गर्ने छन्।

आइतबार बिहान मुख्य न्यायाधिवक्ताको पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय गरिएको प्रदेश प्रमुखको कार्यालयका निमित्त कार्यालय प्रमुख शत्रुधन यादवले जानकारी दिए। ठाकुर सिरहा निवासी हुन्।

प्रदेश सरकारको कानुनी सल्लाहकार मानिने मुख्य न्यायाधिवक्ताको वरियता उच्च अदालतको न्यायाधीश सरह रहने व्यवस्था छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको