जनता राष्ट्रिय अधारभुत विद्यालयको व्यवस्थापनको अध्यक्षमा महतो चयन


महोत्तरी- महोत्तरीको गौशाला नगरपालिका –१०, बटौवा गाउँस्थित जनता राष्ट्रिय अधारभुत(०-४) विद्यालयको व्यवस्थापन समिति गठन भएको छ ।

विद्यालयमा मंगलवार भएको अविभावक भेलामा वडा अध्यक्ष बिष्णु कुमार महतोको अध्यक्षतामा,नगर शिक्षा अधिकृत संजय कुमार सिंह लगायत बुद्धिजीवी,शिक्षा प्रेमी,चन्दादाता,समाजसेवी तथा बिधालयका शिक्षाहरुको उपस्थितमा राज नारायण महतो लाई बिधालय ब्यबस्थापन समितिको अध्यक्ष पदमा सर्वसहमतीले चयन गरेकाे हो ।

चयन गरिएको ९ सदस्यीय व्यवस्थापन समितिको अन्य सदस्यहरुमा योगेन्द्र मण्डल, बिधालयबाट प्रध्यापक सदस्यमा अमृता कुमारी यादव, शिक्षा प्रेमीबाट एक जना सदस्यमा दिलिप कुमार राउत लगायत रामभजन महतो,चयन देवी,कविता कुमारी महतो, सविन्द्र मण्डल,मरनी देवी दास रहेका छन् ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको