अधुरा योजनालाई टुङ्गोमा पुर्याउन कटीबद्ध छु : पुर्वमन्त्री पोखरेल


पुर्वमन्त्री तथा माओवादी केन्द्रका उपमहासचिव गिरिराज मणी पोखरेलले जनादेशद्वारा प्राप्त नयाँ भुमिकामा कटिबद्ध भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्नु भएको छ।

आज बर्दिबास ४ माइस्थानमा भएको एक कार्यक्रममा सम्बोधन गर्दै पुर्वमन्त्री पोखरेलले आफ्नो कार्यकालमा अधुरा रहेका कामहरुलाइ निर्माणको प्रकृया सम्म पुर्याउन अझै सक्रिय रहने बताउनु भएको हो ।
बर्दिबासमा स्थापना हुने भनिएको मेडिकल कलेजको विषयमा सरोकारवालाहरु सम्मिलित भनिएको भेलामा उहाँले सबै पक्षलाई बर्दिवासलाइ शैक्षिक हबको रुपमा विकास गर्नु पर्ने दिशामा एकजुट हुन आव्हान समेत गर्नुभयो ।
लगातार १५ वर्ष कार्यपालिका सांसद तथा पटक पटक मन्त्री पदमा रहनु भएका पोखरेलले प्रणाली विकासको दिशामा अत्यन्त सुस्त रहेकोमा सरकारको आलोचना गर्नुभयो ।
त्यसैगरी कार्यक्रममा महोत्तरी क्षेत्र नम्बर ४ बाट निर्वाचित गठबन्धनमा उम्मेदवार महेन्द्र कुमार राय यादवले गिरिराजमणि पोखरेलले गर्नु पर्ने अधुरा कामहरुलाइ आफुहरुले सहयोग दिने प्रतिबद्धता व्यक्त गर्नु भयो । उहाँले भन्नुभयो ,”बर्दिबास मेडिकल कलेज बर्दिबास बाट अन्त जादैन, प्रधानमन्त्रीसँग कुरा भएको छ। तपाईंहरु ढुक्क हुनुस । ”
कार्यक्रममा रास्ट्रीय सभाको पुर्व उपाध्यक्ष शशिकला दाहालले यस क्षेत्रको बिकासमा सबैले हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यसैगरी महोत्तरी क्षेत्र नम्बर १(क)बाट गठबन्धनका उम्मेदवार रहनु भएका पिताम्बर महतोले यस क्षेत्रको विकासको सवालमा सबैलाई समेटन जोड दिनु भयो ।

एकीकृत समाजवादीको तर्फबाट सोम कार्की, बर्दिवास नगरपालिकाका पुर्व मेयर बिदुर कार्की लगायतले तोकिएकै स्थानमा मेडिकल कलेज निर्माण गरिनु पर्ने विचार राख्नु भयो । त्यसैगरी भेलामा बर्दिबास कलेज बचाउ सहयोग समिती घोषणा गरिएको छ।

कार्यक्रममा बर्दिवास नगरपालिकाका मेयर, नवनिर्वाचित प्रदेश सान्सद शारदा देवी थापा तथा एमालेका नेताहरु अनुपस्थिती रहेको थियो ।
२०७२ सालमा सबै प्रदेशमा प्रादेशिक मेडिकल कलेज खोल्ने सरकारको नितिगत निर्णय अन्तर्गत बर्दिबासमा जग्गाको विवादको कारण निर्माण प्रकृया अबरुद्ध छ।
बर्दिबास ४ स्थीत वनको जग्गामा मेडिकल कलेज निर्माण गरिनु पर्ने सिफारिस विरुद्ध सर्वोच्चमा मुद्दा विचाराधिन छ। अर्को पेशी मन्सिर १९ गते तोकिएको छ ।
उक्त कलेज निर्माण गर्न सरकारको अनुमानित रु. ३० अर्ब लागत लाग्ने बताइएको छ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Array

ताजा समाचार

धेरै पढिएको